भदौ २४ गते प्रदर्शनकारीहरूले घर जलाएपछि उनको नागरिकतालगायतका कागजपत्र जलेको थियो ।
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर नागरिक लिने भएकी छन् । जेन-जी आन्दोलनपछि भदौ २४ गते प्रदर्शनकारीहरूले घर जलाएपछि उनको नागरिकतालगायतका कागजपत्र जलेको थियो । नागरिकता लिन उनी दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय जान लागेकी हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, नागरिकता प्रतिलिपि प्राप्तिका लागि निवेदन दिएपछि लिनलाई भण्डारी त्यहाँ जान लागेकी हुन् ।
‘उहाँ आउँदा प्रशासनको सेवा प्रवाह पुरानै अवस्थाम फर्किएको सन्देश पनि जान्छ,’ पौडेलले भने । प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको भौतिक संरचना पनि जलेर ध्वस्त भएको थियो ।
