दाउन्नेको जाम अझै हटेन, वैकल्पिक  मार्ग प्रयोग गर्न आग्रह 

पानी पर्न रोकिए पनि हिलो सुकेको छैन, विभिन्न स्थानमा सवारी बिग्रिएका कारण यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ । 

कार्तिक १७, २०८२

नवीन पौडेल

Traffic jam at Daunne still not resolved, urges people to use alternative routes

परासी — शुक्रबार साँझदेखि असहज भएको बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा आज पनि सवारीको लामो जाम लागेको छ ।  पानी पर्न रोकिए पनि हिलो नसुकेकेको र विभिन्न स्थानमा सवारी बिग्रिएका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । 

दाउन्ने खण्ड पार गर्न ५/६ घण्टा लाग्ने गरेको छ । मालवाहक सवारी उकालोमा सडक चिप्लो हुँदा उक्लन नसक्दा  चार दिनदेखिको जाम अझै हटेको छैन । 

स्थानीय प्रशासनले दाउन्नेमा सडक चिप्लो र जाम लामो भएकाले यो खण्ड भएर चल्ने सवारी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । बुटवलबाट काठमाडौं जाने  यात्रुले पाल्पा हुँदै पोखरा-मुग्लिङ सडक प्रयोग गर्दै आइरहेका छ्न् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार अत्यावश्यकबाहेक यो खण्डको यात्रा नगर्न आग्रह गरिएको बताए । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully