नख्खु कारागारमा रविलाई पनि भेट्यो जाँचबुझ आयोगले, बयान लिने तयारी

सोमबार कारागारमा पुगेको टोलीले लामिछानेसँग समेत कुराकानी गरेको स्रोतले बतायो। आयोगले उनको औपचारिक बयान समेत लिने तयारी गरेको छ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

The Commission of Inquiry also met Ravi in ​​Nakkhu Prison, preparing to record his statement.

काठमाडौँ — २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ललितपुरको नख्खु कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत भेटेको छ।

सोमबार कारागारमा पुगेको टोलीले लामिछानेसँग समेत कुराकानी गरेको स्रोतले बतायो। आयोगले उनको औपचारिक बयान समेत लिने तयारी गरेको छ।

कारागार स्रोतका अनुसार, आयोगका अधिकारीहरूसमक्ष उनले आफूले २४ भदौमा सिर्जित परिस्थितिबीच स्थितिलाई साम्य पार्न कारागार प्रशासनलाई सहयोग गर्न खोजेको दाबी गरेका छन्।

'मैले त कारागारमा अपराधी छन्, समस्या नहोस् बरु माइक दिनुस्, म सम्झाउँछु भनेको थिएँ,' लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। पछि परिस्थिति नियन्त्रणबाहिर गएपछि आफू निस्किएको उनले जिकिर गरेका छन्।

आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग बयान पनि लिएको छ। उनलाई आयोगका अधिकारीहरुले लामिछानेलाई बाहिर निकाल्न पत्र निकालिएको थियो कि थिएन भन्ने लगायतका प्रश्न सोधेका थिए। आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि पत्रको ब्यहोरा नै नहेरी हस्ताक्षर गरेको उनले दाबी गरेका छन्।

कान्तिपुर

Link copied successfully