प्रधानमन्त्रीसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट

प्रधानमन्त्रीसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायतको भेटघाटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Speaker and National Assembly Chairperson meet with Prime Minister

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुख पदाधिकारीबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको छ । सोमबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र संसद्का पदाधिकारीबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषय, सरकार र संसद्बीचको सम्बन्ध, संसद्का गतिविधिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पदमप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्कराज राई र संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे सहभागी थिए ।

कान्तिपुर

Link copied successfully