६० किलो सुन तस्करी : जीवन चलाउनेसहित चिनियाँ गिरोहविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

राजश्व अनुसन्धान विभागको टोलीले ३ साउन २०८० मा ब्रेक प्याडभित्र लुकाएर ल्याएको अवस्थामा ६० किलो सुन बरामद गरेको थियो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

60 kg gold smuggling: Money laundering case against Chinese gang, including those who make a living

काठमाडौँ — ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो ।

जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक एलेक्स भनिने याओ पोचेङ, ली वेन, रोजर भनिने ली नेङग्काई, डिङ सेंग फा, लिन चछ्याङ, टाासी भनिने थुप्तिन छिरिङ, हर्कराज राई, दावा छिरिङ लगायत प्रतिवादी बनाइएका छन् ।

सीआईबीले पहिले समातेका कतिपय चिनियाँ प्रतिवादीहरु जेन–जी आन्दोलनका बेला केन्द्रीय कारागारबाट भागेका थिए । उनीहरु अहिलेसम्म फेला परेका छैनन् ।

राजश्व अनुसन्धान विभागको टोलीले ३ साउन २०८० मा ब्रेक प्याडभित्र लुकाएर ल्याएको अवस्थामा ६० किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धान गर्न भन्दै प्रहरीले अनुसन्धानका फाइल सीआईबीलाई बुझाएको थियो । 

कान्तिपुर

Link copied successfully