झाडापखालाबाट परिवारका ३ सदस्य गुमाएका बुचन सदा कर्जा खोजेर गर्दैछन् किरिया

१४ दिनदेखि झाडापखालासँग जुधिरहेको सदा टोलमा आठौं दिनमा मात्रै स्थानीय तहका स्वास्थ्यकर्मी पुगेका थिए ।

कार्तिक १६, २०८२

विद्यानन्द राम

Buchan, who lost 3 family members to diarrhea, is constantly looking for loans to help with his business.

सप्तरी — एकपछि अर्को गर्दै परिवारका तीन सदस्य आठ दिनको अन्तरालमा मृत्यु हुँदाको चोट कस्तो हुन्छ ? सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलका ३३ वर्षीय बुचन सदालाई सोधे थाहा हुन्छ । कुनै भवितव्य पनि होइन । कुनै प्राकृतिक विपत्ति पनि होइन । झाडापखालाबाट बुवा, चार वर्षकी छोरी र एक वर्षको छोरा गुमाउँदाको गहिरो चोट उनको अनुहारमा प्रस्टै देखिन्छ ।

गरिबीको मार यति गहिरो छ कि ६ दिनदेखि ऐलानी जग्गामा बनेको झुपडीमा बुवाको किरिया बसिरहेका उनीसँग किरिया खर्च त छैन नै, बाँचेका दुई छोरी र एक छोरालाई के खुवाउने भन्ने पिरलोले समेत अहिले उनलाई सताइरहेको छ । झाडापखालासँग जुधिरहेकी २६ वर्षीया श्रीमती पार्वतीदेवीको स्वास्थ्य के हुने हो भन्ने चिन्ताले पनि उनलाई थप सताइरहेको छ ।

बुचनको घरको आँगन भर्खर धान रोप्न ठिक्क पारिएको खेतजस्तो देखिन्छ । केही दिनको झरीले त्यहाँ हिलाम्मे भएको छ । त्यही हिलैहिलो आँगनको एक छेउमा उनी बुवा, छोरा र छोरीको किरिया बसिरहेका छन् । 

९० घरधुरीको बसोबास रहेको सदा टोल १४ दिनदेखि झाडापखालाको महामारीसँग जुधिरहेको छ । अहिले टोलमा एक दर्जनभन्दा धेरै छाडापखालाका कारण बिरामी परेका छन् । सदा टोलमा यस्तो अवस्था कसरी आयो र यसको मारमा विपन्न समुदाय कसरी परिरहेको छ  त ?

Buchan, who lost 3 family members to diarrhea, is constantly looking for loans to help with his business.दुई साताअघिको कुरा हो । बुचनकी श्रीमती पार्वतीदेवीले देवर देवनन्दले दिएको एक पाउ माछा आफूले र परिवारका सदस्यलाई खुवाएकी थिइन् । त्यसैको भोलिपल्ट पार्वतीसहित १ वर्षीय छोरा र ६६ वर्षीय ससुरा लक्ष्मणलाई पखाला चल्यो । पखाला सुरु भएको तेस्रो दिन धेरै नै कमजोरी भएपछि बल्ल पार्वतीले घरनजिकको क्लिनिकबाट औषधि किनेर खाइन् ।

परिवारका सबै सदस्य झाडापखालाबाट ग्रस्त भएका बेला बुचन पन्जाबमा मजदुरी गर्दै थिए । उनले भाइ देवानन्दलाई अनुरोध गरेर बुवा लक्ष्मण र छोरा संजीवलाइ सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएका थिए । देवानन्दका अनुसार तीन दिनसम्म अस्पतालमा उपचार गराउँदा पनि सुधार हुने सम्भावना नदेखिएपछि र भएभरको पैसा सकिएपछि आफू बिरामीसहित घर फर्केको उनले बताए ।

त्यतिबेलासम्म बुचनले पन्जाबबाट कमाएर जम्मा गरी पठाएको १० हजारसहित २६ हजार रुपैयाँ खर्च भइसकेको थियो । देवानन्दले सुनाए, 'अस्पतालबाट फर्किंदा मेरो गोजीमा जम्मा २ सय बाँकी थियो ।' उनले भाउजूको माइती पक्षले थप उपचारका निम्ति लाहान लैजाने भनेपछि आफूहरु त्यसका निम्ति तयार भइरहेका बेला कार्तिक ६ गते भतिज संजीवको मृत्यु भएको सुनाए । नवजात छोराको मृत्यु भएपछि पन्जाबाबाट हतारिँदै बुचन फर्किए । तर उनी फर्किएको पाँचौं दिन उनका बुवाको पनि मृत्यु भयो । गाउँलेसँग सरसापटी गरेर उनले बुवाको किरिया सुरु गरे । किरिया बसेको पाँचौं दिन गत शुक्रबार छोरी राघिनीको पनि मृत्यु भयो । बुचनको घरमा शोकमाथि शोक खप्टियो । 

एकपछि अर्को गर्दै खप्टिएको शोक अहिले बुचनले झेलिरहेका छन् । श्रीमती अनि ८ वर्षीय छोरा अनि ५ र ३ वर्षीय छोरालाई कसरी खानाको जोहो गर्ने भन्ने चिन्ताले उनलाई उत्तिकै पिरोलिरहेको छ । बुचनले छरछिमेकीसँग सापट मागेर किरिया खर्च त धानिरहेका छन् तर अझै पनि खर्चको समस्या उस्तै रहेको उनले सुनाए ।

Buchan, who lost 3 family members to diarrhea, is constantly looking for loans to help with his business.नको घरमा समस्या कति चर्को छ भने बुचन पन्जाब भएका बेला खर्च जुटाउनका निम्ति भाइ देवानन्दले स्थानीय एक पसलमा दुईवटा मोबाइल बन्धकी राखेर ५ हजार रुपैयाँ कर्जा लिएका थिए । देवानन्दका अनुसार उनले यसो दैनिक ३० रुपैयाँ ब्याज तिर्ने सर्तमा मोबाइल बन्धकी राखेर कर्जा लिएका हुन् । त्यो पैसा पनि उपचारमै सकिएपछि उनले स्थानीय अर्का एक जनासँग ३ हजार थप कर्जा लिएको बताए । देवानन्दले बाबुले भनेको सम्झिँदै सुनाए, 'बुबाले जाँच गरायो भने धेरै रोग देखिन्छ । किन उपचार गर्ने भन्दै गाली गर्नुहुन्थ्यो । औषधि खाने बेला पनि पैसा सकियो तर निको भएन भन्नुहुन्थ्यो ।'

Buchan, who lost 3 family members to diarrhea, is constantly looking for loans to help with his business.सदा टोलमा झाडापखाला फैलिएको ८ दिनपछि शुक्रबार राति मात्रै गाउँपालिकाले घटनाबारे बल्ल थाहा पायो । जबकि सदा टोलबाट स्वास्थ्यचौकी करिब १ किलोमिटरको दूरीमा छ । शनिबार बिहान खटिएका स्वास्थ्यकर्मीको टोलीले गाउँका ५४ जनालाई जीवनजल र मेट्रोन ट्याब्लेट लगायतका औषधि बाँढ्यो ।  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले झाडापखालाबाट तीन जनाको मृत्यु भएको बताउँदै के कारणले फैलियो भनेर यकिन भन्न सकिने अवस्था नरहेको बताए ।

आइतबारदेखि मात्र गाउँपालिकाले दिसाको नमुना संकलन गरेको छ । पालिकाका अनुसार १५ परिवारका एक–एक जना सदस्यको नमुना संकलन गर्नका लागि बट्टा दिए पनि ४-५ परिवारबाट मात्रै नमुना प्राप्त भएको उनले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully