फिस्लिङमा सुख्खा पहिरो खसेर पृथ्वी राजमार्ग अवरूद्ध

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले सडक कार्यालयसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको बताए ।

कार्तिक १६, २०८२

रमेशकुमार पौडेल

Prithvi Highway blocked by dry landslide in Fisling

चितवन — पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँँपालिका-३ फिस्लिङनजिक चुमखोलामा सुख्खा पहिरो खस्दा आइतबार राति ९ बजेबाट बाटो अवरूद्ध भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले सडक कार्यालयसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको बताए ।

पहिरोले दुईतर्फी यातायात नै ठप्प भएको छ । पहिरोले बाटो अवरूद्ध हुँदा काठमाडौं जाने र आउने गाडी रोकिएका छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully