दाउन्नेमा हिलाम्य सडक, यात्रुलाई सास्ती

शुक्रबार रातिदेखि एकतर्फी भएको सवारी आवागमन अझै सहज हुन सकेको छैन ।

कार्तिक १५, २०८२

नवीन पौडेल

Muddy road in Daunne, causing hardship for commuters

नवलपुर — तीन दिन देखि परेको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड हिलाल्म्य भएको छ, जसका कारण दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घन्टाभन्दा बढी समय लागेको छ ।

सवारी जाम हुँदा झरीमा यात्रु अलपत्र परेका छ्न। हिलोले उकालो-ओरालोमा सवारी चिप्लिँदा यो सडक खण्डमा यातायात अवरुद्ध हुँदै आएको छ ।Muddy road in Daunne, causing hardship for commuters

ठूला सवारी साधनलाई डोजरले तानेर पार गराउनु पर्ने अवस्था छ । शुक्रबार रातिदेखि एकतर्फी भएको सवारी आवागमन अझै सहज हुन सकेको छैन । Muddy road in Daunne, causing hardship for commuters

सडक विस्तारका क्रममा रहेको यो सडक खण्डमा बीचबीचमा सवारी साधन बिग्रने र सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully