कांग्रेस नेता आलमको ‘भेन्टिलेटर’मा उपचार हुँदै

आलमको मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको ‘भेन्टिलेटर’मा राखेर उपचार भइरहेको जनाइएको छ ।

कार्तिक १५, २०८२

शिव पुरी

Congress leader Alam is being treated on a ventilator.

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ‘भेन्टिलेटर’मा राखेर उपचार भइरहेको छ ।

आलमको मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको ‘भेन्टिलेटर’मा उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए । 

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully