पत्रकारहरूसँग प्रधानमन्त्रीले भनिन्– ‘दलहरूलाई निषेध गर्दैनौँ, निर्वाचन गराउँदै सत्ता हस्तान्तरण गर्ने पक्षमा छु’

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले दलहरूलाई निषेध गर्ने वा उनीहरू विहीन अवस्था बनाउने भन्दा निर्वाचन गराउनेतिर केन्द्रित भएको र सुशासन कायम गर्ने प्राथमिकता राखेर काम गरिरहेको तर्क गर्दै सबैलाई सहयोग गर्न अपिल समेत गरिन् ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister told reporters, ”We will not ban parties, I am in favor of transferring power through elections.”

What you should know

काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू दलहरूलाई निषेध गरेर नभई साथै लिएर र उनीहरूको उत्साहपूर्वक सहभागिता गराएर २१ फागुनमा निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताएकी छन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले दलहरूलाई निषेध गर्ने वा उनीहरू विहीन अवस्था बनाउने भन्दा निर्वाचन गराउनेतिर केन्द्रित भएको र सुशासन कायम गर्ने प्राथमिकता राखेर काम गरिरहेको तर्क गर्दै सबैलाई सहयोग गर्न अपिल पनि गरिन् ।

‘दलहरूलाई निषेध गर्ने कुनै नियत छैन । सुरुकै दिनदेखि दलहरूसँग सरकारले विभिन्न माध्यममा कुरा गरेको हो । सुरुमा दलसँग कुरा गर्दा जेन–जीको आक्रोश सामना गर्नुपर्थ्यो । हाम्रा हत्यारालाई ल्याउने भन्ने नारा पनि मैले खेपेको छु,’ कार्कीले भनिन् ‘यही कारण राष्ट्रपतिलाई अघि सारेर दलहरूसँग छलफल गरियो अनि आफैं पनि दलसहित सर्वपक्षीय छलफल बोलाएर गरेको छु। ’

उनले सरकारका पनि आफ्नै अप्ठ्यारा रहेको भनी सुनाइन् । उनले आफैलाई प्रधानमन्त्री भए लगत्तै राजीनामा देऊ भनेर जेन–जीकै तर्फबाट पनि नारा लागेको प्रसंग सुनाउँदै भनिन्, ‘एमाले अयक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई नसमात्ने ? जेन–जीले आक्रोश पोखे ।’ उनले अप्ठ्यारो अवस्थामा आफूले नेतृत्व लिएको तर आलोचनाबाट नडराउने भएपनि धेरै दबाब भने खेप्नु परेको सुनाइन् ।

‘सरकारले केही गरी नै रहेको छ । निर्वाचन आयोगदेखि दलहरू र जेन–जीसँग भेटेर निरन्तर छलफल गरिरहेका छौँ,’ कार्कीले भनिन्, ‘अहिले अन्तरिम अर्को सरकार बन्नेदेखि अरू आशंकाहरु हटेका छन् । निर्वाचनतर्फ सकारात्मक वातावरण बन्दै गएको देखेको छु ।’ उनले आफूलाई पनि धेरै अप्ठ्यारो रहेको बताइन् । उनले जेन–जी, आन्दोलनका घाइते, मृतक परिवारदेखि दलसम्म सबैका कुरा सुन्नुपर्ने भएकाले सहज नभएको स्वीकार गरिन् । उनले आफू अदालतको न्यायाधीश भएर आएको तर राजनीतिको अनुभव नभएको र दलका नेताहरूको जस्तो अनुभव नभएका कारण पनि सोचेजस्तो नभएको हुन सक्ने उनले बताइन् । ‘हामी राजनीतिमा खारिएका व्यक्ति होइनौं । दलका नेताहरूले जति सिकेका छैनौ,’ उनले भनिन्, ‘आलोचना पनि आएका छन् । तर म आलोचनाले फरक पर्ने मानिस त होइन ।’

The Prime Minister told reporters, ”We will not ban parties, I am in favor of transferring power through elections.”

उनले २३ र २४ भदौको आन्दोलनका क्रममा धेरै क्षति भएको र देशले भयावह स्थिति भोगेका कारण नै प्रधानमन्त्री स्वीकार गरेको भन्दै कार्कीले जेन–जी, राजनीतिक दल र सरकार सबैको सहजकर्ताको भूमिका आफूले निभाउने प्रयास गरिरहेको दाबी गरेकी छन् ।

उनले जेन–जीका कति समूह छन् आफूहरुलाई थाहा नहुने अनि समूहपिच्छे नै माग र नामहरू आउँदा समस्या भइरहेको बताइन् । ‘एउटा समूह आउँछ । हाम्रो माग यही संविधान अन्तर्गतको हो भन्छ । अर्को समूह आउँछ प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्छ । अर्को समूह आउँछ भ्रष्टाचार र २३ गतेको आन्दोलनमा दमन गर्नेहरु कहिले पक्राउ पर्छन्,’ प्रधानमन्त्री कार्कीले सुनाइन्, ‘सरकार कामले फुर्सद नै छैन अनि धेरैथरीका जेन–जी समूहहरूको माग मिलाउने र सम्बोधन गर्ने, सम्झाउने कुरामै धेरै समय खर्चिन परेको छ । ’ उनले सरकारसँग ठूलो अपेक्षा भएको आफूले पाएको र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण रहेको बताइन् । उनले भ्रष्टाचारको चाङ भएको तर मुद्दाको प्रक्रिया नै लम्बेतान हुने भएकाले समय लाग्ने दाबी गरिन् । उनले मन्त्रिपरिषद् विस्तारकै कुरामा पनि धेरै हैरानी खेपेको सुनाइन् । उनले अहिले भएका मन्त्रीहरू सबैले स्वीकार गरेका व्यक्तिहरू भएको तर जेन–जीका तर्फबाट नाम पाउन कठिन भएको सुनाइन् । ‘एउटा आउँछ, एउटा नाम दिन्छ । अर्कोले रातभर आएर हुन्न भनेर जान्छ,’ कार्कीले सुनाइन्, ‘एउटा समूहले फेरl होइन त्यही मानिस चाहिन्छ भन्छ । अर्को समूह आएर फेरि स्वाट्ट काटेर जान्छ । ’

उनले यही कारण पनि मन्त्रिपरिषद् पूर्णता गर्न आफूलाई समय लागेको बताइन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमा नाम आएका खगेन्द्र सुनारको विषयमा पनि यस्तो हुँदा गल्ती भएको स्वीकार गरिन् । उनले आफूले सामाजिक काम गर्ने भनेर चिनेको तर सिफारिसको चर्चा लगत्तै कतिवटा मुद्दा छन् भनेर अनलाइनहरूमा समाचार आउन थालेपछि पछि हटेको बताइन् ।

त्यस्तै, बब्लु गुप्ताको प्रसंगमा पनि यस्तै भएको दाबी गरिन् । जब प्रधानमन्त्रीले मन्त्रीलाई चुनाव लड्ने भनी सोधिन् पत्रकारहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट्दा शुक्रबार साँझ बालुवाटारमा मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल, कुलमान घिसिङ, अनिल सिन्हा, जगदीश खरेल पनि थिए ।

The Prime Minister told reporters, ”We will not ban parties, I am in favor of transferring power through elections.”

प्रधानमन्त्री कार्कीले आफूहरू चुनाव लड्ने योजनामा नरहेको, बरु सफल चुनाव गराएर बिदा लिने भनिन् बताइन् । उनले आफ्ना मन्त्रीहरू पनि यही सोधिन् । ‘म त लड्दिनँ, तपाईंहरु चुनाव लड्ने हो र ?,’ कार्कीले मन्त्रीहरूतर्फ हेर्दै सोधिन्, ‘रामेश्वरजी लड्दिनँ भन्नुहुन्छ, कुलमानजी लड्नुहुन्छ कि ?’ निर्वाचनका लागि छिमेकी मुलुकबाट सात सय सवारी साधनको आश्वासन आएको र गैरघातक हतियार किन्ने तयारी भइरहेको जानकारी प्रधानमन्त्री कार्कीले दिइन् ।

सरकारसँग धेरै अपेक्षा हुनु स्वाभाविकै भएको र जेन–जीका कुरा सबैले सुन्नुपर्ने बताउँदै उनले कानुनी राज स्थापित गर्नबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिन् ।

राजदूत फिर्ताको निर्णय बचाउ त्यस्तै छलफलमा निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारले किन राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको भनी प्रश्न उठ्यो ।

जवाफमा प्रधानमन्त्री कार्कीले आर्थिक अनियमिततामा मुछिएका र सरकारको अस्तित्वमाथि नै प्रश्न उठाएपछि राजदूतहरू फिर्ता बोलाउनुपरेको भनी बचाउ गरिन् । उनले सबै देशका राजदूतहरू फिर्ता नबोलाएको र जस जसका बारेमा उजुरी र प्रश्न उठे उनीहरूको हकमा मात्र निर्णय लिएको दाबी गरिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully