ओली र लेखकको पासपोर्ट रोक्का र यात्रामा अनुमति लिनुपर्ने निर्णयविरुद्धको रिटमा अन्तरिम अस्वीकार 

सर्वोच्चले पहिलो सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ समेत पेस गर्न भनेको छ ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Interim rejection of writ petition against decision to withhold passports of Oli and writer and require permission to travel

काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितको पासपोर्ट रोक्का र एक स्थानवाट अर्को स्थानमा जान अनुमति लिनुपर्ने निर्णय बदर हुनुपर्ने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ । अधिवक्ता प्रेमराज सिलवालले एक स्थानवाट अर्को स्थानमा जान अनुमति लिनुपर्ने निर्णय गैरसंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

जेन-जी आन्दोलनपछि छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले घटनाहरुमा अनुसन्धान गरी कारबाहीको सिफारिससम्म गर्न सक्ने तर कारबाही आफैले गर्न नसक्ने भएकाले यसरी रोक्का राख्नु गैरकानुनी हुने दाबी रिटमा गरिएको थियो ।

Interim rejection of writ petition against decision to withhold passports of Oli and writer and require permission to travel

सर्वोच्चले पहिलो सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ समेत पेस गर्न भनेको छ । सर्वोच्चले सरकार र आयोगसँग यस्तो निर्णय लिनुको आधार र कारण पनि पेस गर्न भनेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully