भूमि आयोग खारेजको निर्णयमा सर्वोच्चले जारी गर्‍यो अल्पकालीन अन्तरिम आदेश 

न्यायाधीश मेघराज पोखरेलको इजलासले मंगलबार दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त छलफलसम्म सरकारको निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Supreme Court issues short-term interim order on Land Commission's decision to abolish it

काठमाडौँ — सुशीला कार्की नेतृत्वको सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भनी गरेको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश मेघराज पोखरेलको इजलासले मंगलबार दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त छलफलसम्म सरकारको निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनेको छ ।

सर्वोच्चले अन्तरिम आदेशको सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बिहीबारका लागि बोलाएको छ । उक्त छलफलको अवधिसम्मका अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाएर ९ कात्तिकमा रिट दायर गरेका थिए । मन्त्रिपरिषद्ले २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।

कान्तिपुर

Link copied successfully