मलेसियाको म्यानपावर मापदण्डमा अध्ययन गर्न श्रमसचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विषयमा जानकारी लिएकी थिइन् ।

कार्तिक १३, २०८२

होम कार्की

Prime Minister directs Labor Secretary to study Malaysia's manpower standards

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमी लिने गृहकार्य गर्न श्रमसचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विषयमा जानकारी लिएकी थिइन् । मलेसियाले मर्यादित श्रम आप्रवासनको अभ्यासलाई बलियो बनाउन भन्दै ‘उचित संख्या’मा स्रोत देशमा रहेको म्यानपावर कम्पनीलाई छनोट गर्न १० वटा मापदण्ड निर्धारण गरेको छ । उसले आफ्ना प्रमुख स्रोत देश नेपालसहित पाँच देशलाई नै कात्तिक २९ गतेभित्र मापदण्ड पुगेको म्यानपावर कम्पनीको सूची पठाउन अनुरोध गरेको छ ।

सचिव पुष्करले मलेसिया पठाएको नयाँ मापदण्डबारे प्राप्त भएको जानकारी गराएका थिए । यसलाई कूटनीतिक रुपमा सम्बोधन गर्नुपर्ने बताए । प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिएकी छन् ।

मलेसिया अदक्ष श्रमिकको लागि प्रमुख गन्तव्य मुलुक हो । वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको नयाँ मापदण्डले एकाधिकार गर्ने भन्दै अस्वीकार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully