सरकार र राजनीतिक दलसहितको बैठकमा विभिन्न समूहका जेन-जी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
काठमाडौँ — बालुुवाटारमा हुने सरकार र राजनीतिक दलसहितको बैठकमा १४ जना जेन–जी सहभागी हुन सक्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, आमन्त्रण गरिएका जेन–जी अगुवामा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ छन् ।
त्यस्तै, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन राना मगर छन् । दलहरुका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रकाशशरण महत, माओवादीबाट वर्षामान पुन सहभागी हुँदैछन् ।
त्यस्तै, नेकपा एमालेबाट महेश वर्तौला र क्षितिज थेबे सहभागी हुँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले र निशा डाँगी सहभागी हुँदैछन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित छन् ।
