सरकार गठन र संसद्‌ विघटनविरुद्धको मुद्दामा अन्तरिम अस्वीकार, ७ दिनभित्र जवाफ पेस गर्न आदेश

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालयलगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि संवैधानिक इजलासले आदेश जारी गरेको हो ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Interim rejection of case against government formation and dissolution of Parliament, order to submit response within 7 days

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलसले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र संसद्‌ विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालयलगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि संवैधानिक इजलासले आदेश जारी गरेको हो ।

संवैधानिक इजलासले सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बुधबार पहिलो सुनुवाइ गरेको हो । सुनुवाइपछि मुद्दामा विपक्षी बनाइएकाहरूलाई ७ दिनभित्र लिखित जवाफ महान्यायाधीवक्ताको कार्यालयमार्फत पेस गर्न आदेश जारी गरेको छ ।

रिट निवेदनकर्ताले अन्तरिम आदेश माग गरेकोमा भने संवैधानिक इजलासले अस्वीकार गरेको छ ।

Interim rejection of case against government formation and dissolution of Parliament, order to submit response within 7 days

कान्तिपुर

Link copied successfully