राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ मा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले संघीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Government decides to hold elections on Magh 11 to fill vacant National Assembly seats

काठमाडौँ — मन्त्रीपरिषद्ले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि  माघ ११ मा निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै मन्त्रीपरिषद्ले संघीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ । यसमा स्वकिय सचिवालयको दरबन्दी हटाउने निर्णय भएको छ । 

जेन-जी विद्रोहपछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधसभा निर्वाचन गर्ने म्यान्डेड पाएको छ । जसका लागि निर्वाचन आयोगले ३० असोजमा  राजनीतिक दलहरूसँगको छलफल समेत सुरु गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully