निम्ता गरिएका बाहेकका अन्य दल र समुहहरुले पनि छलफलमा सहभागी हुन प्रधानमन्त्री कार्यलयमा प्रस्ताव गरिरहेका छन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच बुधबार हुने त्रिपक्षीय छलफलमा ८ देखि ९ वटा जेन-जी समुहका १४ जना र सात मुख्य राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री कार्यलयका अनुसार निम्ता गरिएका बाहेकका अन्य दल र समुहहरुले पनि छलफलमा सहभागी हुन प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरिरहेका छन् ।
छलफलमा प्रधानमन्त्री कार्कीका अलवा गृहमन्त्री ओमप्रकाश अर्याल,संचारमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रेस संयोजकमा राम रावलले ४ बजे प्रधानमन्त्री कार्यलयमा हुने बैठकको तयारी चलिरहेको बताए । निर्वाचनको वातावरण तयार पार्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् ।
बैठकमा निर्वाचनको वातावरण तयार पार्न सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय जनाएको छ । यसअघि प्रधानमन्त्रीले दल र जेनजीसँग अलगअलग छलफल गरेकी थिइन् ।
