वैदेशिक रोजगार विभागको वेबसाइटमा समस्या 

विभागको डोमेन सर्च गर्दा थाई भाषा देखिन्छ । वेबसाइट हेर्दा ह्याक वा अट्याक भएको देखिन्छ ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Problems with the Department of Foreign Employment website

काठमाडौँ — वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । विभागको डोमेन 'dofe.gov.np' मा समस्या देखिएको हो । यो डोमेनमा ३/४ दिन देखि समस्या देखिएको हो । 

विभागको डोमेन सर्च गर्दा थाई भाषा देखिन्छ । वेबसाइट हेर्दा ह्याक वा अट्याक भएको देखिन्छ । यद्यपि विभागका निर्देशक टिकाराम ढकाल ह्याक नभएको बताउँछन् । 

कान्तिपुरसँगको कुराकानीमा ढकालले भने-'पुरानो सिस्टमबाट नयाँ सिस्टममा ट्रान्सफर गर्न खोजेको हो त्यसैले समस्या देखाएको हो । अब ३/४ दिनमा चल्छ ।' उनले वेबसाइटको डोमेन सर्च गर्दा थाई भाषा देखिएकोबारे जानकार नभएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully