प्रधानमन्त्रीले बोलाइन् जेन-जी र दलसहित त्रिपक्षीय बैठक

निर्वाचनको वातावरण तयार पार्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् ।

कार्तिक ११, २०८२

दुर्गा दुलाल

Prime Minister calls tripartite meeting with Gen-G and parties

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफलका लागि बोलाएकी छन् । छलफल बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा हुने गरी तय भएको छ ।

निर्वाचनको वातावरण तयार पार्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् । बैठकमा निर्वाचनको वातावरण तयार पार्न सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय जनाएको छ ।

स्रोतका अनुसार, विभिन्न ८/९ वटा समूहका जेन-जी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीसहितको त्रिपक्षीय छलफल हुन लागेको हो । यसअघि दल र जेनजीसँग अलगअलग छलफल गरेकी प्रधानमन्त्री कार्कीले यसपटक सर्वदलीय छलफल गर्न लागेकी हुन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully