प्रधानमन्त्री कार्कीले कमलपोखरीमा गरिन् छठ पूजा

कमलपोखरीमा उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki performed Chhath Puja at Kamal Pokhari

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमलपोखरीमा गएर छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । त्यस क्रममा उनले कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए  । 

Prime Minister Karki performed Chhath Puja at Kamal Pokhari

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ । 

कान्तिपुर

Link copied successfully