कानुन संकायको डिनमा पराजुली र परीक्षा नियन्त्रकमा पौडेल नियुक्त

पराजुली र पौडेलसहित त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌ले विभिन्न पदमा ९ जनाको नियुक्ति गरेको छ ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Parajuli appointed as Dean of Law Faculty, Poudel as Controller of Examinations

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌ले विभिन्न पदमा ९ जनाको नियुक्ति गरेको छ ।

कानुन संकायको डिनमा डीएन पराजुली र त्रिवि परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल नियुक्त भएका छन् । यस्तै, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अगुमगन निर्देशालनयको निर्देशकमा यमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे नियुक्त भएको त्रिविले जनाएको छ ।

शिक्षा संकायको सहायक डीनमा अवतार सुवेदी, सहपरीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसको प्रमुखमा ठाकुर वाग्ले, हटौंडा वन क्याम्पसको प्रमुखमा यमबहादुर केसी र ललितकता विभागको प्रमुखमा अञ्जु कँडेल नियुक्त भएका छन् ।

यी सबै पदमा दरखास्त आह्वान गरी सिफारिस समितिले मूल्याङ्कनबाट गरेको सिफारिसका आधारमा नियुक्त गरिएको रेक्टर खड्ग केसीले जानकारी दिए । सिफारिस समेतको काम बाँकी रहेकाले विद्यार्थी कल्याण निर्देशक नियुक्ति भने रोकिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully