रुकुम पश्चिम जिप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, १० जना घाइते [अपडेट]

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुल्न बाँकी छ ।

कार्तिक ७, २०८२

महेश केसी

Rukum West jeep accident: Death toll reaches 7, 10 injured [Update]

रुकुम पश्चिम — जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । १० जना घाइते भएका छन् । 

मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली,  १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुल्न बाँकी छ ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको छ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully