रुकुम पश्चिममा भीरमा जिप दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु 

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

कार्तिक ७, २०८२

महेश केसी

At least 5 killed in jeep accident in Rukum West

रुकुम पश्चिम — मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खस्दा कम्तीमा ५ जनाको ज्यान गएको छ । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ । 

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनका अनुसार अहिलेसम्म ५ जनाको ज्यान गएको छ । ‘अहिलेसम्म ५ जनाको ज्यान गएको भनिएको छ । तर उनीहरुको पहिचान खुल्न सकेको छैन । अरु क्षतिबारे पनि विस्तृत आइसकेको छैन । हामी घटनास्थालतर्फ जाँदैछौं । त्यसपछि थप भन्न सकिएला ।’ उनले भने ।

जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully