विकलाई एक थान म्याग्जिनसहितकाे चाइनिज पेस्ताेल, ४ लाख ७८ हजार रूपैयाँ नगद र आइफोनसहित नियन्त्रणमा लिएकाे हाे ।
काठमाडौँ — ललितपुरकाे धापाखेलबाट पेस्ताेल र नगदसहित एक जना पक्राउ परेका छन् ।
मदिरा सेवन गरेर हाेहल्ला गरेकाे जानकारी पाएपछि गएकाे प्रहरी टाेलीले ललितपुर महानगरपालिका २३ धापाखेलबाट खाेटाङकाे साकेला गाउँपालिका घरभएका २३ वर्षीय शिवकुमार विकलाई बुधबार बिहान ३ बजेतिर प्रहरीले पक्राउ गरेकाे हाे ।
विकलाई एक थान म्याग्जिनसहितकाे चाइनिज पेस्ताेल, ४ लाख ७८ हजार रूपैयाँ नगद र आइफोनसहित नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ परेका विक धापाखेलमा जग्गा भाडामा लिई टहरो बनाई बस्दै आएकी तारा विकको टहरोमा १ महिनादेखि बस्दै आएको प्रहरीले जनाएकाे छ ।