देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : जल तथा मौसम विभाग

आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

There is no significant impact of weather systems across the country: Department of Water and Meteorology

काठमाडौँ — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

कोशी, कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यताया सफा रहने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully