भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

The best time for brotherhood is Thursday at 11:39 AM.

काठमाडौँ — यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।

‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.देवमणि भट्टराई भन्छन् । 

यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully