प्रधानमन्त्रीको प्रस्ताव : राष्ट्रपतिले संवादको ढोका खोल्नुभयो, अब दल र जेन-जी बसौं

'सुरुवाती चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन'

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's proposal: The President has opened the door to dialogue, now let's sit down with the party and the gen-ji

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले अब राजनीतिक दलहरू र जेन-जीबीच छलफल गर्नुपर्ने प्रस्ताव गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव गरेकी हुन् । 

मंगलबार राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संवादको ढोका खोलेको र अब जेन-जीसँग पनि संवादमा बस्नुपर्ने प्रस्ताव गरेकी हुन् । 

प्रधानमन्त्री कार्कीले सुरुमा दलहरूसँग जेन-जीले संवाद गर्न नै नचाहेको पनि उल्लेख गरेकी थिइन् । 'सुरुवाती चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ,' कार्कीको प्रस्ताव थियो, 'अब जेन-जी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ ।'

राजनीतिक दलहरूले चुनावको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । प्रधानमन्त्री कार्कीले भने राजनीतिक दलहरूले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताएकी थिइन् । 

कान्तिपुर

Link copied successfully