प्रधानमन्त्री र दलका नेताबीच निर्वाचन केन्द्रित बैठक

२१ फागुनमा तोकिएको चुनावका लागि राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट दलहरूलाई बैठकमा बोलाइएको छ ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Election-focused meeting between Prime Minister and party leaders

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारको सगरमाथा कक्षमा बैठक सुरु भएको छ । 

२१ फागुनमा तोकिएको चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट दलहरूलाई बोलाइएको थियो । सरकारका तर्फबाट  प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully