बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठक अझै केही समय चल्नेछ ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Dialogue between government and parties continues in Baluwatar

काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र दलहरुबीचको संवाद चलिरहेको छ । बालुवाटार बैठक मंगलबार साढे ४ बजेपछि सुरु भएको हो । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठक अझै केही समय चल्नेछ । 

'पालैपालो बोल्ने क्रम चलिरहेको छ । पहिलो चरणमा सबैले बोल्ने, यो क्रम करिब अन्त्यतिर पुगेको छ,' मन्त्री खरेलले भने, 'निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ ।'

निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको भन्दै उनले सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो नेताहरुले राखेको जानकारी दिए । 

एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भने पनि चुनावको विरोध नगरेको मन्त्री खरेलले बताए । बैठकमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल,  राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव र सर्वेन्द्रनाथ शुक्लले बोलिसकेका छन् । 

कान्तिपुर

Link copied successfully