नागरिक उड्डयन प्राधिकरणका डीजीले दुर्व्यवहार भएको जानकारी गराएपछि प्रहरीले थाल्यो अनुसन्धान

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार साँझ सातदोबाटोबाट घर जाने क्रममा स्कुटरमा आएका एक व्यक्तिले आफूलाई दुर्व्यवहार गरेको जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Police began an investigation after the DG of the Civil Aviation Authority reported the misconduct.

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई खबर गरेका छन् ।

सोमबार साँझ सातदोबाटोबाट घर जाने क्रममा स्कुटरमा आएका एक व्यक्तिले आफूलाई दुर्व्यवहार गरेको उनले जानकारी गराएपछि प्रहरी त्यहाँ पुगेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार, अहिले नजिकै रहेको सीसीटीभी फुटेज हेरेर मान्छे पत्ता लगाउने काम भइरहेको छ । 'सुरुमा चिनेको व्यक्ति जस्तै गरेर कुराकानी गरेछ, पछि भनाभन भएको सूचना पाएका छौं,' बोगटीले भने, 'थप अनुसन्धान गरिरहेका छौं ।'

ती व्यक्तिले अधिकारीलाई प्राधिकरणका महानिर्देशक हुन् भन्ने चिनेर त्यस्तो गरेका हुन् या चिनजान नै नभएको भन्ने पनि नखुलेको बोगटीले जनाए । 

कान्तिपुर

Link copied successfully