सरकारले निर्वाचनको वातावरण बनाए सहभागी हुन्छौं : प्रदीप यादव

'चुनावको वातावरण बनाउनुपर्ने सरकारका मान्छेहरू दिनभर जे पायो त्यही बोलिरहेका छन् ।'

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

We will participate if the government creates an environment for elections: Pradeep Yadav

काठमाडौँ — सरकारले राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले बताएका छन् । सरकारले निर्वाचनमा सहभागी हुने वातावरण बनाएमा राजनीतिक दलहरू त्यसबाट भाग्न नमिल्ने यादवको भनाइ थियो ।

पूर्वमन्त्रीसमेत रहेका यादवले आइतबार कान्तिपुरसँग कुरा गर्दै वर्तमान सरकार चुनाव गराउने प्रयोजनका लागि बनेकाले त्यस कार्यमा अगाडि बढ्नुपर्ने बताए । 'सरकारले निर्वाचनको वातावरण बनाएमा जसपा चुनावमा सहभागी हुन्छ । राजनीति गर्ने पार्टी र मान्छे चुनावमा सहभागी हुँदैन भन्ने हुन्न,' यादवले भने, 'सरकारले चुनावको वातावरण बनाउनु पर्छ । हाम्रो पार्टीको आधिकारीक धारणा पनि यै हो कि सरकारले वातावरण बनाए सहभागी हुने ।'

चुनावको वातावरण बनाउन लाग्नुपर्नेमा सरकारका मन्त्रीरूले भने त्यसविपरीतको अभिव्यक्ति दिइरहेको यादवको भनाइ छ । 'चुनावको वातावरण बनाउनुपर्ने सरकारका मान्छेहरू दिनभर जे पायो त्यही बोलिरहेका छन्,' यादवको भनाइ छ ।

जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ । यसबीचमा सरकारले राजनीतिक दलहरूसँग भने चुनावका सम्बन्धमा छलफल गरेको छैन ।

कान्तिपुर

Link copied successfully