इजरायलमा विपिन जोशीलाई श्रद्धाञ्जली

७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएका जोशीको शव सोमबार काठमाडौं ल्याइनेछ र त्यसपछि गृह नगरमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Tributes paid to Bipin Joshi in Israel

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका बेला मारिएका कञ्चनपुरका विपिन जोशीलाई इजरायलमा अन्तिम श्रद्धाञ्जली दिई विदाई गरिएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका बेला मृत्यु भएका जोशीको शव नेपाल पठाउनुअघि इजरायलको विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा इजरायली अधिकारी, नेपाली कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

परिवार स्रोतका अनुसार जोशीको शव सोमबार काठमाडौं आइपुग्नेछ र त्यसपछि उनको गृह नगरमा अन्त्येष्टि गरिनेछ।

विपिनलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो। हमासले इजरायली सेनाको हवाई आक्रमणमा जोशीको मृत्यु भएको दाबी गर्दै आएको छ। गत सोमबार हमासले उनको शव इजरायललाई हस्तान्तरण गरेको थियो।

कान्तिपुर संवाददाता

Link copied successfully