संवादका लागि सात दललाई प्रधानमन्त्रीको पत्र

निर्वाचनबारे छलफल गर्नका लागि मंगलबार ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र लेखेर पठाएकी हुन् ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's letter to seven parties for dialogue

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालवाटारमा बोलाएकी छन् ।

निर्वाचनबारे छलफल गर्नका लागि मंगलबार ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र लेखेर पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग अलग वार्ता गरिसकेकी छन् ।

कान्तिपुर

Link copied successfully