तत्कालीन गृहसचिव दवाडी अब उपत्यका बाहिर जान पाउने

अयोगले क्षतिको मूल्यांकन गर्न सातै प्रदेशमा जानुपर्ने भएकाले दवाडीको हकमा खुला गरिएको र विदेश भने जान नपाउने भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले जनाएको छ ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Former Home Secretary Dawadi will now be allowed to travel outside the Valley.

काठमाडौँ — भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव एवं योजना आयोगका सचिव गोकर्णमणि दवाडीलाई उपत्यका बाहिर जान नपाउने गरी लगाइएको रोक खुला गरेको छ ।

एक पटकमा सात दिनसम्म उनका लागि खुल्ला गरिएको आयोगले जनाएको छ । त्यस्तै, जुनसुकै बेला बयानमा बोलाउन सक्ने पनि आयोगले भनेको छ ।

अयोगले क्षतिको मूल्यांकन गर्न सातै प्रदेशमा जानुपर्ने भएकाले दवाडीको हकमा खुला गरिएको र विदेश भने जान नपाउने विज्ञप्तिमा उल्लेख छ ।

Former Home Secretary Dawadi will now be allowed to travel outside the Valley.

Former Home Secretary Dawadi will now be allowed to travel outside the Valley.

कान्तिपुर

Link copied successfully