राष्ट्रिय सभा अध्यक्ष दाहालले भेट राष्ट्रपति

विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपीयूको १५१ औं महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

National Assembly Speaker Dahal met the President

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

भेटमा अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो । 

विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपीयूको १५१ औं महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ । 

उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा एक प्रतिनिधि मण्डल जाँदैछ । 

आइपीयूको महासभामा नेपालको संघीय संसदको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा राष्ट्रिय सभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर छलफल गरेका थिए । 

कान्तिपुर

Link copied successfully