प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार रावल नियुक्त

बाजुरामा जन्मिएका रावलले नेपाली विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Journalist Rawal appointed as Prime Minister Karki's press coordinator

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक हुन्।

उनी नेपालखबर अनलाइनमा सम्पादककोरुपमा कार्यरत थिए।

बाजुरामा जन्मिएका रावलले यसअघि ग्यालेक्सी फोरके टेलिभिजनमा सम्पादक थिए। उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully