आज बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितीको बैठक मंगलबारलाइ सर्ने भएसँगै हस्ताक्षर सहित बिशेष महाधिवेशनका लागि निवेदन दर्ता गर्ने समय पनि भोलीलाई सारिएको छ ।
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आज पार्टी कार्यालयमा निवेदन दर्ता नहुने भएको छ ।
आज बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितीको बैठक मंगलबारलाइ सर्ने भएसँगै हस्ताक्षर सहित बिशेष महाधिवेशनका लागि निवेदन दर्ता गर्ने समय पनि भोलीलाई सारिएको नेतृ प्रतिमा गौतमले बताइन् ।
जेन–आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
त्यसका लागि उनीहरुले पार्टीभित्र हस्ताक्षर अभियान चलाएका थिए । उक्त अभियान अन्तर्गत ५१ प्रतिशत हस्ताक्षर भइसकेको दाबी गरिएको छ ।
