अरु कुनै समस्या नआए आजै निवेदन दर्ता हुने नेत्री प्रतिभा गौतमले जानकारी दिइन् ।
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आज पार्टी कार्यालयमा निवेदन दर्ता हुने भएको छ ।
अरु कुनै समस्या नआए आजै निवेदन दर्ता हुने नेत्री प्रतिमा गौतमले जानकारी दिइन् ।
जेन–आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
त्यसका लागि उनीहरुले पार्टीभित्र हस्ताक्षर अभियान चलाएका थिए । उक्त अभियान अन्तर्गत ५१ प्रतिशत हस्ताक्षर भइसकेको दाबी गरिएको छ ।
