काठमाडौँ — एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने भएको छ । केन्द्रीय सचिवालयको बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।