अस्वस्थ भएपछि राष्ट्रपति पौडेल शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेल शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।
अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएको बताएको छ । उनमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको थियो ।
