जेन-जी जाँचबुझ आयोगले माग्यो राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षतिको विवरण 

आयोगले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलसहित व्यक्तिगत सम्पत्तिमा भएको क्षति इमेलमार्फत पठाउन अनुरोध गरेको हो ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

The Gen-ji Commission of Inquiry sought details of political party and personal property damage

काठमाडौँ — जेन-जी घटनासम्बन्धी जाँचबुझ आयोगले  भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलसहित व्यक्तिगत सम्पत्तिमा भएको क्षति इमेलमार्फत पठाउन अनुरोध गरेको हो । आयोगले यसका लागि निश्चित ढाँचा पनि तोकेको छ । तोकिएको बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना sept8and9incident.ic@gmail.com मा पठाउन भनिएको छ । साथै घटनालाई पुष्ट्याई गर्ने प्रमाणहरु जस्तै श्रव्य-दृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन अनुरोध गरेको छ ।

हुलाकमार्फत पनि क्षतिको विवरण पठाउन सकिनेछ । हुलाकबाट पठाएको क्षतिको विवरणको सफ्टकपि आयोगको इमेल ठेगानामा अनिवार्य पठाउन आयोगले अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले क्षतिको आकलनसहित घटनाको अनुसन्धानका लागि यस्तो विवरण माग गरिएको बताए ।

The Gen-ji Commission of Inquiry sought details of political party and personal property damage

कान्तिपुर संवाददाता

Link copied successfully