त्रिविको जग्गा ल्याब स्कुललाई दिएको विषयमा अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस

शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा स्कुलले विश्वविद्यालयको जग्गा अनधिकृत कब्जा गरी भोगचलन गर्दै आएको औंल्याएको हो ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

It is recommended that the authorities and CIB conduct an investigation into the matter of giving the land of the university to the lab school

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले ल्याब स्कुलले प्रयोग गर्दै आएको १०८ रोपनी जग्गाको विषयमा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट थप छानबिन र अनुसन्धान गर्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा स्कुलले विश्वविद्यालयको जग्गा अनधिकृत कब्जा गरी भोगचलन गर्दै आएको औंल्याएको छ ।

जग्गा यथाशीघ्र मन्त्रिपरिषद्‌बाट निर्णय गरेर त्रिविलाई नै फिर्ता गर्नसमेत सुझाव दिइएको छ ।

त्रिविको जग्गा होइन भन्ने दाबी गर्ने विद्यालय व्यवस्थापन, प्रिन्सिपल, कर्मचारी, जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रालयका अधिकारीलाई प्रचलित कानुनअनुसार छानबिन गर्न निर्देशन दिइएको छ ।

त्रिविको जग्गा शिक्षा मन्त्रालयले हस्तक्षेप गरी स्कुललाई दिएकको विषय कानुनसम्मत नदेखिएकाले सम्झौतासम्बन्धी निर्णय प्रक्रियामा संलग्न पदाधिकारीकारीलाई अनुसन्धान गर्न सुझाव दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully