२१ संस्था र समूहद्वारा कीर्तिपुरमा त्रिविको ८ सय रोपनी जग्गा अतिक्रमण र भोगचलन

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन अनुसार ल्याब स्कुल, राधास्वामी सत्संग व्यास नेपाल, नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघ, बीपी कोइराला ममोरियल प्यानेटोरियम, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल नेत्रज्योति संघले विश्वविद्यालयको जग्गा उपभोग गर्दै आएका छन् ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Encroachment and encroachment of 800 ropani land of the University in Kirtipur by 21 organizations and groups

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा रहेको करिब ८ सय रोपनी जग्गा २१ संस्था र समूहले अतिक्रमण तथा भोगचलन गर्दै आएको पाइएको छ ।

पूर्वसचिव महेन्द्रकुमार थापाको संयोजकत्वले सरकारलाई बुझाएको प्रतिवेदनमा त्रिविको ५ हजार ५० रोपनी जग्गा रहेको उल्लेख छ । जसमा ८ सय ४३ रोपनी जग्गा सरकारी निकाय र विभिन्न गैरसरकारी संघसंस्था र समूहले उपयोग गर्दै आएको उल्लेख छ । केहीले त्रिविसँग माग गरेर र केहीले अतिक्रमण गरेर जग्गा अतिक्रमण गर्दै आएको जनाइएको छ । 

प्रतिवेदनअनुसार ल्याब स्कुल, राधास्वामी सत्संग व्यास नेपाल, नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघ, बीपी कोइराला ममोरियल प्यानेटोरियम, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल नेत्रज्योति संघले विश्वविद्यालयको जग्गा उपभोग गर्दै आएका छन् ।

त्यस्तै, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, प्रहरी वृत्त कीर्तिपुर, बल्खु र कालीमाटी, लायन्स रक्त सञ्चार केन्द्र, नेपाल क्रिकेट संघ, त्रिवि कर्भड हलले त्रिविको जग्गा उपभोग गर्दै आएका जनाइएको छ । काठमाडौं खानेपानी बोर्ड, कृषि बागवानी केन्द्र, कीर्तिपुर नगरपालिका, ढुंगागिट्टी बालुवा डिपो, नेपाल विद्युत् प्राधिकरणलेसमेत त्रिविको जग्गा प्रयोग गर्दै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully