वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार घूस रकमसहित पक्राउ

अस्पतालको आर्थिक प्रशासन शाखाबाट लेखाअधिकृत ढुण्डीराज दाहालको साथबाट १ लाख २० हजार ८ सय ५० रुपैयाँ घूस बापतको रकम, एक थान मोबाइल र कागजातसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Account officer of Veer Hospital arrested with 120,000 bribe

काठमाडौँ — वीर अस्पतालका लेखाअधिकृत ढुण्डीराज दाहाल घूस रकमसहित पक्राउ परेका छन् ।

काठमाडौंको महाबौद्धस्थित वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट उनको साथबाट १ लाख २० हजार ८ सय ५० रुपैयाँ घूस बापतको रकम, एक थान मोबाइल र कागजातसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर थिमि नगरपालिका–०९ बोडे बस्दै आएका उनलाई विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घूस बापतको रकम लिई आफ्नै कार्यकक्षभित्र लुकाई राखेको भन्ने सूचनाको आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully