हाल विशेषले अभियोगपत्र दर्ता गर्ने, म्याद थप गर्ने अनि अख्तियारको जरुरी पक्राउ पुर्जी जारी गर्ने काम गरिरहेको छ ।
काठमाडौँ — विशेष अदालत काठमाडौले कात्तिक ११ गतेदेखि नियमित सुनुवाइमा फर्कने भएको छ। शुक्रबार बसेको फुलकोर्ट(पुर्ण बैठक)ले छठपछि नियमित सुनुवाइमा फर्कने निर्णय गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए ।
२४ भदौमा भएको आक्रमणवाट विशेष अदालत प्रभावित भएको थियो । विशेष अदालतको भवनहरु पूर्ण रुपमा नजले पनि तोडफोड र लुटपाट भएका कारण सुनुवाइ रोकिएको थियो ।
त्यस्तै सर्वोच्च अदालतका साथै विशेष अदालतको सर्भरमा पनि क्षति पुर्याएका कारण नियमित पेसी हुन नसकेको हो । विशेष अदालतमा २४ भदौको तोडफोड र आक्रमणका कारण १ करोड १० लाख क्षति भएको प्रारम्भिक विवरण अदालतले तयार पारेको छ ।
५ वटा गाडी अनि चार वटा मोटरसाइलमा अगलागी र तोडफोड भएको छ । हाल विशेषले अभियोगपत्र दर्ता गर्ने, म्याद थप गर्ने अनि अख्तियारको जरुरी पक्राउ पुर्जी जारी गर्ने काम गरिरहेको छ ।
त्यस्तै अख्तियारले अभियोयगपत्रसँगै आरोप पेश गरे थुनछेक गर्ने काम पनि गरिरहेको यज्ञराज रेग्मीले बताए । विशेष अदालतमा पतञ्जलीको जग्गा विवाद, टेरामक्स लगायतका भ्रष्टाचारका मुद्दाहरु विचाराधीन छन् ।
हालैमात्र लिची बगान जग्गा प्रकरणमा दुईमन्त्रीसहित सात जनाविरुद्ध दायर गरेको मुद्दा पनि विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दा विशेषले सनुवाइ गर्छ । विशेष अदालतमा ६ न्यायाधीशले दुई वटा इजलासमा यस्ता मुद्दा सुनुवाइ गर्छन् ।
