शुक्रबारदेखि बाहिरियो मनसुन, कोशीमा हल्का वर्षाको सम्भावना

नेपालको सम्पूर्ण भू–भागबाट मनसुन बाहिरिएकाले उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिँदैन ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

Monsoon out from Friday, light rain likely in Koshi

काठमाडौँ — यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट शुक्रबार बाहिरिएको छ । त्यसैले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिँदैन ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भने रहेको छ । बाँकी भू–भाग मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशीको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार शनिबार राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully