राष्ट्रपतिसँग छलफल गरिरहेका छन् २२ जेन–जी अगुवा

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले उनीहरुसँग कुराकानी गरिरहेका छन् ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

22 Gen-G leaders are discussing with the President

काठमाडौँ — राष्ट्रपति कार्यालय, शितलनिवासमा २२ जना जेनजी अगुवा पुगेका छन् । २३ र २४ भदौको जेन–जी प्रदर्शनपछि सेनासँगको छलफल र त्यसपछिका वार्ता लगायतमा संलग्न जेन–जीहरु शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले उनीहरुसँग कुराकानी गरिरहेका छन् । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी छन् । 

फागुन २१ गते तोकिएको निर्वाचनलाई समेत सफलतापूर्वक सम्पन्न गराउन जेन–जी अगुवाहरुलाई समेत सहयोग गर्न बैठकमा आग्रह गरिएको छ । छलफलमा जेन–जीका मागहरुबारे समेत कुराकानी हुने बताइएको छ । 

छलफलमा रक्षा बम, युजनराज भण्डारी, सुधन गुरुङ, मिराज ढुंगाना लगायत छन् । भित्र छलफल चलिरहँदा कतिपय युवाले भने आफूहरु वार्तामा जान नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

शुक्रबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्की समेतको उपस्थितिमा दलहरुसँग छलफल भएको थियो ।

कान्तिपुर

Link copied successfully