विभिन्न प्रहरी कार्यालयमा रहेका १५ हजारभन्दा बढी उत्तरपुस्तिका नष्ट भएको छ
काठमाडौँ — भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा आगजनीबाट उत्तरपुस्तिका जलेका करिब १५ हजार विद्यार्थीको पुनः परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको छ ।
सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईले विभिन्न प्रहरी कार्यालयमा रहेका १५ हजारभन्दा बढी उत्तरपुस्तिका नष्ट भएको र ती परीक्षार्थीको परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको जनाए ।
उनका अनुसार बाग्मती प्रदेशका १५ वटा र कोशी प्रदेशका ५ वटा गरी २३ वटा परीक्षा केन्द्रका प्रहरी कार्यालयमा राखिएका उत्तरपुस्तिका जलेको हो ।
डिप्लोमा र प्रि-डिप्लोमा तहको उत्तरपुस्तिका नष्ट भएको सीटीईभीटीले जनाएको छ ।
