भिजिट भिसाबारेको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइने

प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा रहेको थियो । त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The investigation report on the visit visa will be sent to the Ministry of Home Affairs for implementation

काठमाडौँ — सरकारले भिजिट भिसामा भएको अनियमितताबारेको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

सरकारले यसअघि भिजिट भिसासम्बन्धी मानव बेचबिखनलगायत भ्रष्टाचारका विषयमा छानबिन समिति गठन गरेको थियो । 

प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा रहेको थियो । त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

कान्तिपुर

Link copied successfully