न्याय सेवा आयोगले गर्‍यो न्याय समूहका १४४ र ३३ अधिकृतहरुको सरुवा

बेपत्ता आयोगको सचिव पनि परिर्वतन 

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Judicial Service Commission transferred 144 and 33 officers of Justice Group

काठमाडौँ — काठमाडौं न्याय सेवा आयोगले ठूलो संख्यामा सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको आयोगको बैठकले विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई न्याय परिषद्को सचिव बनाएको छ भने कामु नायब महान्यायाधीवक्ता उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता व्यक्तिहरुको छानबिन आयोगको सचिवमा बढुवा गरेको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको आयोगको बैठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव सूर्यराज दाहाललाई महान्यायाधीवक्ता कार्यालयमा सरुवा गरेको छ । न्याय समूहका १४४ अधिकृतहरुको सरुवा गरेको छ । त्यस्तै कानुन समूहका ३३ अधिकृतहरुको सरुवा गरेको छ । 

न्याय सेवा कानुन समूहका ५२ जनालाई पदस्थापना तथा सरुवा गरेको छ । त्यस्तै न्याय सेवा कानुन समूहका थप १५ जनालाई पनि नियुक्ति र पदस्थापना गरेको छ । उनीहरु लोकसेवा आयोगबाट पास भएर आए पनि पदस्थापन भएका थिइनन् ।

विस्तृतमा

कान्तिपुर

Link copied successfully